Friday, April 26, 2024

संवैधानिक परिषद्को बैठक मंसिर २८ गते

मंसिर २५, २०७७ कान्तिपुर संवाददाता

काठमाडौँ — संवैधानिक परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ । ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार बैठक बोलाइएको हो ।  

फाइल तस्बिर : प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओली

बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् ।

प्रकाशित : मंसिर २५, २०७७ १६:२१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार