मंसिर २५, २०७७ कान्तिपुर संवाददाता



काठमाडौँ — संवैधानिक परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ । ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार बैठक बोलाइएको हो ।

बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेछ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् ।


प्रकाशित : मंसिर २५, २०७७ १६:२१