पुस ७, २०७७
काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलमा सुरु भएको बैठकले अर्का अध्यक्ष ओलीसहितका नेताहरुलाई कारबाहीको निर्णय गरिने बताइएको छ ।
केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक त्यही ठाउँमा बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ ।
सरकारले संसद् विघटन गरेकै दिन यो समूहको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको थियो । उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीबाट अनुमोदन गराउने निर्णय गरेको थियो । ओलीलाई कारबाही गरेको जानकारी यो समूहले निर्वाचन आयोगलाई पनि दिइसकेको छ । यो समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई बनाउने तयारी गरेको छ ।
आज नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजना कमिटी घोषणा गरेको छ । प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाएको छ । ओली समूहले महाधिवेशन ०७८ मंसिर २ देखि ७ सम्म गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
दाहाल–नेपाल समूहको प्रस्ताव : ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने
प्रकाशित : पुस ७, २०७७ १३:५३