काठमाडौँ — आन्दोलनरत उखु किसान संघर्ष समितिले मंगलबार सरकारसँग दुई बुँदे प्रस्ताव राखेकाे छ । सरकारले मन्त्रायलबाट सीमा अवधि ताेकेर पैसा दिलाइदिनुपर्ने वा कुनै काेषबाट भुक्तानी गरिदिनुपर्ने प्रस्ताव समितिले पेस गरेकाे हाे ।
‘उद्योग मन्त्रालयलाई हामीले एकपटक विश्वास गर्यौं । धाेखा खायौं । तर, उद्याेग मन्त्रालयले आफ्नाे विश्वास गुमाइसकेको छ । मन्त्रालयले उद्योगबाट पैसा दिलाउने हाे भने एउटा समय सीमा अवधि ताेकाेस् । त्यतिञ्जेल हामी सडकमा बस्छौं र भुक्तानी भएपछि घर फर्कन्छौं,’ उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले भने ।
‘वा सरकारले प्रधानमन्त्री राहत काेष वा अन्य कुनै काेषबाट सम्पूर्ण किसानकाे भुक्तानी गरिदिओस् । र त्याे पैसा उद्योगीबाट ब्याजसहित असुलाेस् । यसरी भुक्तानी गरे हामीलाई राहत मिल्ने थियाे,’ उनले भने ।
प्रकाशित : मंसिर ३०, २०७७ १५:००