Friday, March 29, 2024

सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव शाक्यलाई

मंसिर २८, २०७७ संवाददाता

काठमाडौँ — संघीय संसदको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कमला शाक्यलाई प्रदान गरिएको छ ।

१४ औँ संघीय संसद सेवा दिवसको अवसरमा आइतबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शाक्यलाई १ लाख नगद राशिको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार शाक्यलाई प्रदान गरेका हुन् ।

त्यस्तै, उत्कृष्ट संसद सेवा पुरस्कार कम्युटर अधिकृत जगदिश न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ । संघीय संसद सेवा पुरस्कारबाट सवारी चालक कृष्ण रानामगर र कर्मचारी बालकृष्ण न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

संघीय संसदका महासचिवको अध्यक्षताको समितिले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गरेको र सभामुख अध्यक्ष रहेको व्यवस्थापन समितिले पुरस्कार प्राप्त गर्ने कर्मचारीको नाम छनोट गरेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औँ संघीय संसद सेवा दिवस– २०७७’ मनाएको हो ।

२०५८ मंसिर २८ गते संसद सेवालाई निजामती सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गतेदेखि संसद सेवा दिवस मनाइँदै आएको छ ।

२०५८ देखि २०६३ को बीचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।

सम्बन्धित समाचारः

  • पुस १८ सम्म संसद् अधिवेशन बोलाउनै पर्ने बाध्यता छ : सभामुख सापकोटा

प्रकाशित : मंसिर २८, २०७७ २१:४६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार