Friday, April 26, 2024

गणतन्त्र विरोधीहरु उत्साहित भए: जनार्दन शर्मा

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को नाम बदलेर ‘नेपाल’ मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको बताएका छन् ।

सांसद जनार्दन शर्मा । फाइल तस्बिर ।

गणतन्त्र विरोधी क्रियाकलपाको सरकारले रक्षा गरेको भन्दै त्यसलाई पार्टी बैठकमा छलफलको विषय बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

आइतबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा शर्माले छलफलका लागि छुट्टै प्रस्ताव पेश गरेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पेश गरेको प्रस्तावमा शर्माले संघीयताको पक्षधर सबै पार्टीहरुबीचमा छलफल गरेर कमी कमजोरी सच्चाउँदै जनतामा देखिएको असन्तुष्टि सम्बधोन गर्नुपर्ने बताएका छन् ।

यस्तो छ शर्माको प्रस्ताव पत्र :

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार