Saturday, April 20, 2024

प्रदेश २ मा प्रहरी जवानदेखि, हवल्दार, असई र प्रहरी निरीक्षक पदसम्म भर्ना गरिने

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छठलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक गर्ने बताए । ‘यसका निम्ति आइतबारको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ’ उनले भने, ‘अब सबै प्रक्रिया पूरा भइसकेकाले सिधैं भर्ना गर्नेतर्फ जान्छौं ।’ प्रहरी जवानदेखि, हवल्दार, असई र प्रहरी निरीक्षक पदसम्म भर्ना गरिने मन्त्री यादवले जानकारी दिए ।

प्रदेश २ मा प्रहरी ऐन पारित भएको २ बर्ष बितिसकेको छ । २७ असोज २०७५ मा नै प्रदेश सभाबाट यो ऐन पारित भएसँगै प्रहरी गठनको बाटो खुलेको थियो । तर संघीय सरकारले प्रहरी समायोजनसम्बन्धी ऐन निर्माण नगर्दा लामो समयसम्म प्रदेशमा प्रहरी भर्ना हुन सकेन ।

संघीय सरकारले निर्माण गरेको प्रहरी समन्वय ऐन राष्ट्रपतिबाट २८ माघ २०७६ मा नै प्रमाणीकरण भई कार्यान्वयनमा आइसक्दा समेत प्रहरी भर्नाको बाटो नखोलेको भन्दै ९ असोजमा प्रदेश सरकारले गृहमन्त्री रामबादुर थापा ‘बादल’ लाई पत्राचार समेत गरिसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार