Friday, September 17, 2021

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् । शनिबार गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि गन्ध हराएपछि परिक्षण गरेर आइसोलेसनमा बसेको तर पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आयो, पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो,’ शाहले लेखेका छन् ।

रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

ताजा समाचार