Saturday, April 27, 2024

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

काठमाडौँ — राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । शुक्रबार बिहान राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको हो ।

अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले जानकारी दिए । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए ।

केही महिनाअघि मात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि त्यहाँ हाजिर भएका थिए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । उनकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धानसमेत गरेको थियो ।

५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित : आश्विन १२, २०८० ११:३८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार