Monday, April 29, 2024

गोरे खपांगी सँग बाहुन तर्सिने, जनजातिले बिर्सने

वि.सं. २००३ साल साउन २५ गते थाक्ले उदयपुरमा बाबु अमृतबहादुर र आमा पद्ममायाको कोखबाट जन्मिनुभएका गोरेबहादुर खपांगी (१९४०–२०१६) पूर्वमन्त्री तथा जनमुक्ति पार्टी नेपालका संस्थापक नेता थिए। उनी मगर समुदायमा हुर्के पनि उनका बिचारमा एक बिशेष गुण थियो । उनले काठमाडौं, नेपालबाट अंग्रेजीमा स्नातकोत्तर गरे।

काठमाडौंमा भृकुटिमाण्डापमा कार्यक्रम सकेर बाटो क्रस गर्ने बेला मुसलमान को मोटरसाइकलको ठक्करबाट उनको स्वास्थ्य अवस्था अचेत रहयो । उनको २०७६ भदौ ७ गते काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँ ७० वर्षको उमेरमा स्वर्गिय हुनु भयो ।

धेरैलाई थाहा नहुन सक्छ, गोरबहादुर खपाङ्गीलाई पञ्चायतकालीन मन्त्री नवराज सुवेदीले रामेछापको गौरीशंकर स्कुलमा हेडमास्टर बनाएर लगेका थिए । कालान्तरमा सुवेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष बने, खपांगीचाहिँ सुवेदीकै विपक्षमा कम्युनिस्ट राजनीति फैलाउनतिर थाले ।

गोरेबहादुरले पढाएकै स्कूलमा हाल नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पनि केही वर्ष पढाए । तर, गोरे जस्तो चर्चित हेडमास्टर चाहिँ कोही भएनन् । त्योबेला जिल्लामा सिडिओ भन्दा चर्चा गोरेबहादुरको हुनेगर्थ्यो भन्छन् त्यसबेलाका साक्षीहरु ।

गोरेबहादुरको रामेछाप साइनो र राजनीति अनि उनका जीवनका उतार(चढावबारे उनलाई रामेछाप पुर्‍याउने राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीका साथै उनका शिष्यहरुसँग बुझदै गर्दा ।

रामेछापमा प्रत्येक विहीवार हाट लाग्थ्यो । गोरे सरकै पालादेखि हाट लाग्ने दिन हाफ छुट्टीको व्यवस्था भएको हो । उहाँ विशेष गरी बाहुन, क्षेत्री र नेवार विद्यार्थीलाई हाटमा लगेर मगर्नीले बँगुरको बोसोमा पकाएको सेल खाँदै बजारमा आफ्नो पछिपछि हिँड्न लगाउथे ।

बाबियाखर्कका घिमिरे बाहुनलाई पछिपछि सुनपानी छर्केरमात्र विहीबार घरभित्र छिराउँथे भन्ने पनि सुनियो ।

१) महोत्तरीलाई कम्युनिस्टबाट जोगाउन रामेछाप ल्याएँ
नवराज सुवेदी, पूर्व राष्ट्रिय पन्चायत अध्यक्ष
२) कुख्यात डाकालाई जेलमै कम्युनिस्ट बनाए
देवशंकर पौडेल, पूर्वसांसद, एमाले केन्द्रीय सदस्य
३) विद्यार्थीलाई स्कूलमै कम्युनिस्ट बनाउथे
कैलाश ढुंगेल, पूर्व जिविस सभापति रामेछाप
४) कम्युनिस्ट बनाउन नसकेपछि गालामा दारी दलिदिए
लबश्री न्यौपाने, जिल्ला सभापति नेपाली कांग्रेस
५) बाहुन र नेवार विद्यार्थीलाई बंगुरको बोसोवाला रोटी खुवाउथे
रमेशबाबु श्रेष्ठ,व्यवसायी, गोरेबहादुरका शिष्य

जो पछि कम्युनिस्ट बटमलाईन लाई थाति राखेर जनजातिको आवज बिहिन लाई एकरुपता ल्याउन राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गरि संस्थापक महासचिवको रुपमा काम गर्दै गर्दा देशका हरेक कुनाकाप्च देखि जनजातिको प्यारो नेता कहलिए । खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव तथा नेपाल मगर संघका संस्थापक अध्यक्ष हुन् । उनले पिछिडिएका समुदायका हकअधिकारका निम्ति संर्घषित जिवनभर तिलञ्जली दिए । उनले मगर संघ को संस्थापक अध्यक्ष हुँद मगर ले रातो टिका लगाउनु हुँदैन भन्दै राता टिका को बिरोध गरे, तर पछि राजा ज्ञानेन्द्र ले लोकेन्द्र चन्द लाई प्रधानमन्त्रि बनाए पछि उनको मन्त्रि परिषदमा को नेतृत्वको सरकारमा ८ महिनासम्म महिला, बालबालिका तथा समाजकल्याणमा खपाङ्गे मन्त्री बन्न पुगे ।

मन्त्रि बनाए पछि उनको हात देखि राता टिक लगाए बापत जनजातिकै पत्रकार द्धारा स्वा। गोरे बिरुद्ध कलम चलाउन बाहुनबादरराज्यले लगानी गरे, उनि आफ्नै समुदायका पत्रकार बाट तारो भए, तर उनि संगै मन्त्रि भएका मुसलमान लाई खासै रातो टिकाको चर्चा पाएन, उनका समुदायले बिरोध जनाएनन् । तर जनु समुदायमा हुर्के त्यस समुदायले कहिले चिन्न प्रयास गरेन बरु, राज्यको पैसा खाएर उनी बिरुद्ध अनेकौ प्रहार गरि रहे । अन्त्यमा जनजातिकै निम्ति प्राण त्यागे उनि स्वर्गिय भए, तर उनको बिचार कालन्तर सम्म जिवित छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार