Monday, April 29, 2024

सिंचाइ विभागमा तालाबन्दी गर्न गएका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

श्रावण २८, २०८०

काठमाडौँ — ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालबन्दी गर्न गएका ५० जना निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभागमा तालबन्दी गर्ने र धर्ना बस्ने भनी त्यहाँ गएका निर्माण व्यवसायीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा‚ महासचिव रोशन दाहाललगायतलाई पक्राउ गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

अहिले निर्माण व्यवसायीको अर्को समूहले भने काडमाडौंको बबरमहलस्थित सडक विभागअगाडि प्रदर्शन गरिरहेको उनले बताए । ‘सडक विभागमा ताला लगाउन दिएको छैन । यहाँ पनि ५० जनाजति निर्माण व्यवसायी हुनुहुन्छ‚’ उनले भने ।

तीन हजार आयोजनाको एकमुष्ट म्याद थप, काम गरेको ठेक्काको भुक्तानी दिनुपर्नेलगायत माग राख्दै असार २९ देखि निर्माण व्यवसायीहरूले प्रदर्शन गर्दै आएका छन् । आयोजनाको म्याद थप नगरे र भुक्तानी नदिए काम गर्न नसकिने भन्दै नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा आन्दोलन सुरु गरिएको हो ।

प्रकाशित : श्रावण २८, २०८० ११:२८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार