Friday, May 3, 2024

प्रधानमन्त्री दाहाललाई ‘वर्ल्ड इकोनोमिक फोरम’ मा निम्तो

प्रधानमन्त्री दाहालले डोभास जाने चाहना देखाएर परराष्ट्र मन्त्रालयलाई गृहकार्यको लागि निर्देशन दिएका छन्

श्रावण २४, २०८०

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘वर्ल्ड इकोनोमिक फोरम–२०२४’ मा सहभागिताका लागि निम्तो आएको छ । यसअघि सन् २००८ र सन् २०१६ मा प्रधानमन्त्री रहँदा दाहाल फोरममा जान पाएका थिएनन् । जनवरी १५–१९ (माघ २–५) सम्म स्विट्जरल्यान्डको डाभोस सहरमा कार्यक्रम हुँदै छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयलाई भ्रमणको गृहकार्य गर्न निर्देशन दिइसकेका छन् । संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधि तथा राजदूतका रूपमा जान लागेका परराष्ट्र सहसचिव रामप्रसाद सुवेदीले स्विट्जरल्यान्ड पुगेर भ्रमणबारे थप व्यवस्था मिलाउनेछन् । उनी स्विट्जरल्यान्डका समेत राजदूत हुन् ।

दाहालको जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि इटाली प्रस्थान गरे । साउन ८–१० सम्म रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरे । अब भदौ अन्त्यतिर चीन भ्रमणमा जाने गृहकार्यमा छन् । दाहालले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युयोर्क जाने गृहकार्य गरे पनि जाने वा नजाने टुंगो लागिसकेको छैन ।

वर्ल्ड इकोनोमिक फोरम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले विश्वका विभिन्न देशका राजनीतिक नेतृत्व, व्यापारिक नेता, लगानीकर्ता, अर्थशास्त्रीलाई एकैसाथ ल्याएर विभिन्न मुद्दामा बहस गर्दै आएको छ ।

प्रकाशित : श्रावण २४, २०८० १०:३६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार