Wednesday, May 8, 2024

संसद् अवरोध खुलाउन शीर्ष नेताहरूको बैठक जारी

श्रावण २२, २०८०

काठमाडौँ — सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले गरिररहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सभामुखले देवराज घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न सोमबार सदनको कारवाही सुरु हुनुभन्दा अघि शीर्ष नेताको बैठक बोलाएका थिए । सभामुखले बाेलाएकाे शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा लगायत छन् । बैठकमा राप्रपा र रास्वपालाई बोलाए नबोलाएको बारे केही बताइएको छैन ।

साउन १० गतेदेखि जारी संसद्‌को अवरोध हटाउन सभामुखले यसअघि प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । आइतबार उनले कांग्रेस, एमाले, रास्वपा, राप्रपा र जसपाका संसदीय पदाधिकारीहरु छलफल गरेका थिए । जसमा कांग्रेसका मुख्य सचेतक रमेश लेखक र एमालेका सांसद लीलानाथ श्रेष्ठले सभामुखलाई शीर्ष नेताहरुसँग छलफल गर्न सुझाएका थिए ।

जसपाका मुख्य सचेतक प्रदीप यादवले यसरी पनि निकास न निस्किए सांसदहरुलाई बोल्न दिने र संसद्‌को एजेन्डा अघि बढाउनुपर्ने तर सरकारको एजेन्डा नबढाउने बीचको बाटो सुझाएका थिए । सभामुखले दलका संसदीय पदाधिकारीहरुसँग छलफल गरेपछि पनि संसद्‌को अवरोध नहट्ने भएकाले शीर्ष नेताहरुसँग छलफल गर्न बोलाएका हुन् ।

प्रकाशित : श्रावण २२, २०८० १२:३१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार