Friday, May 3, 2024

कीर्तिमानी आरोही तेन्जिङ र क्रिस्टिनलाई काठमाडौंमा स्वागत

काठमाडौँ — ९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ शेर्पा (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । हरिला र शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए ।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसाग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित : श्रावण २०, २०८० १०:४३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार