Friday, March 1, 2024

अनुशासनको कमी कांग्रेसको कमजोरी : अर्थमन्त्री महत

श्रावण १९, २०८०

वीरगन्ज — नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन् । उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’

कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन् । निर्वाचनमा भोट दिइरहेका छैनन् । यस्तो अवस्थामा कांग्रेसमा लाग्नु र ? भन्ने संशय उत्पन्न हुने नेता महतले भनाइ छ ।

‘आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो’, नेता महतले भने, ‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’

प्रकाशित : श्रावण १९, २०८० २१:३६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार