Thursday, May 9, 2024

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन

श्रावण १९, २०८०

काठमाडौँ — द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्नका लागि संसद्‌मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भई संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसद्‌मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याएर ऐन पारित गर्न माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर; दण्डहीनताको अन्त्य गर; सत्य‚ न्याय र परिपूरणको अधिकार सुनिश्चित गर; सशस्त्र द्वन्द्वका पीडित व्यक्ति तथा परिवारको पहिचानको लागि प्रभावकारी परिचयपत्र प्रदान गरजस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप संशोधन हुनुपर्ने भन्दै उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शनमा उत्रिएको जनाएका छन् ।

प्रकाशित : श्रावण १९, २०८० १४:२५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार