Saturday, April 27, 2024

२८ जिल्लाका सुकुम्बासीलाई जग्गा बाड्न थालियो, माघ १८ देखि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न २८ जिल्लाका भूमिहीन, सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन मागेको छ । यसअघिको आयोगले लिएको विवरणमा छुटेकाहरूका लागि आउँदो माघ १८ गतेदेखि ३५ दिनभित्र निवेदन दिन माग गरिएको आयोगका अध्यक्ष केशव निरौलाले जानकारी दिए ।

आयोगले २८ जिल्लाका ९१ वटा स्थानीय तह चयन गरेर निवेदन माग गरेको छ भने जग्गा नापजाँचका लागि ६ सय नापी प्राविधिकको दरबन्दी पनि सिर्जना गरिएको छ । आयोगले भूमिहीनलाई आफूले आवाद गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिएपछि गराउन पनि आग्रह गरेको छ । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन् ।

यस्तै सरकारले आयोग अन्तर्गत रहने २८ जिल्लाका लागि भूमि आयोग जिल्ला समिति अध्यक्ष चयन गरेपछि उनीहरुका लागि अभिमुखीकरण तालिम कार्यक्रम सुरु भएको छ । आफ्नो नेतृत्वमा आयोग गठन भएपछि २८ जिल्लाबाट भूमिहीनको निवेदन मागेको, प्राविधिकहरुको दरबन्दी सिर्जना गरेको र कम्प्युटरमा डाटा इन्ट्री सफ्टवेयरको विकास गरेको अध्यक्ष निरौलाले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार