Friday, March 29, 2024

कटरीना-विकीको विवाहमा सलमानलाई थिएन निम्तो

बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।

यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् ।

‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् ।

उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार