Saturday, April 20, 2024

४ महिनाभित्र चुनाव नभए स्थानीय निकाय जनप्रतिनिधिविहिन, फेरी कर्मचारीको भरमा

अबको ४ महिनाभित्र चुनाव नभएमा स्थानीय निकाय जनप्रतिनिधिविहिन हुनेछ । त्यस्तो अवस्थामा स्थानीय निकाय कर्मचारीको भरमा जानेछ ।

आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श गरी ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिहरुको कार्यकाल पूरा हुन लागेको जानकारी दिएको हो । स्थानीय निकायको निर्वाचन तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोजमा सम्पन्न भएको थियो ।

संविधानको धारा २१५ को उपधारा (६) र धारा २१६ को उपधारा (६) मा पालिकाका प्रतिनिधिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने व्यवस्था छ । त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिधकारी र गाउँ र नगर सभाको कार्यकाल पनि निर्वाचन भएको मितिले ५ वर्ष हुने उल्लेख छ । आयोगका अनुसार ३१ वैशाखको पहिलो चरणको निर्वाचन सम्पन्न भएको मितिलाई नै निर्वाचन सम्पन्न भएको मिति मानिने व्यवस्था भए अनुसार वर्तमान स्थानीय निकायका वर्तमान जनप्रतिनिधिहरुको कार्यकाल सकिदैछ ।

संविधान अनुसार स्थानीय निकायको जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि चुनाव भइसक्नुपर्नेछ । यसको अर्थ फागुनभित्र चुनाव गर्नुपर्नेछ । तर, सरकारले चुनाव घोषणा गरेको छैन । संविधान अनुसार मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले चुनाव घोषणा गर्ने व्यवस्था छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार