Tuesday, January 25, 2022

प्राज्ञिक विद्यार्थी परिषद्वारा अर्घाखाँचीमा दीप प्रज्वलन

अर्घाखाँची, २७ पुस

प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

‘पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,’ परिषद्की लुम्बिनी प्रदेश सदस्य संगीता पोख्रेलले भनिन्, ‘हामीले उहाँप्रति उच्च सम्मान व्यक्त गरेका हौं ।’

परिषद्ले अर्घाखाँची जिल्लामा विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार