Thursday, March 28, 2024

बैंकमा तरलता समस्या कम हुँदै, एक हप्तामै थपियो ५८ अर्ब

काठमाडौं । पछिल्ले एक सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानी योग्य रकम (तरलता) समस्याले निकै अप्ठेरो स्थिति खेपिरहेका बैंकहरुका लागि यो निकै ठूलो राहत हो । ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अनुसार एक सातामा ५८ अर्ब रुपैयाँ निक्षेप थपिँदा ९ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । पुस १६ गतेसम्म बैंकिङ क्षेत्रमा ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । २३ पुसमा आइपुग्दा निक्षेप ५८ अर्बले बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । उता कर्जा कर्जा सोही अवधिमा ४० खर्ब ९९ अर्बबाट बढेर ४१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार