Wednesday, April 24, 2024

प्रचण्ड र माधवले प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई सरकारमा पुर्याए : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको बताएका छन् । नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरेका छन् ।

फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उनको दाबी छ । अहिलेको सरकार सुशासनभन्दा लुटतन्त्रमा लागेको उनले बताए । अहिलेको सरकार स्थानीय तहलाई प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्रतर्फ लागेको ओलीको आरोप छ । गठबन्धनको सरकारले २०५९ सालमा जस्तै जनप्रतिनिधि विहीन बनाउन लागेको उनले आरोप लगाए ।

फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनले बताए । ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको समेत बताएका छन् । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल ९प्रचण्ड०हरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार