Friday, April 26, 2024

शिक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । ‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो ।

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, खड्काले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार