Tuesday, January 25, 2022

खतराको घण्टी : कोरोना निरन्तर उकालो, थप १४४६ जनामा संक्रमण पुष्टि

देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् ।

नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ । यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार