Thursday, April 25, 2024

तीन प्रदेशका प्रमुख सचिवसहित आठ सचिवको गुपचुप सरुवा

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । त्यस्तै विभिन्न प्रदेशका तीनप्रमुख सचिवलाई सिंहदरवारमा सरुवा गरिएको छ । मन्त्रिपरिषदको अघिल्लो बुधवार बसेको बैठकले गरेको निर्णय एक साता बित्न लाग्दा पनि गोप्य राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार दुईजना प्रमुखसहित ८ जना विशिष्ठ श्रेणीका कर्मचारीको एकैपटक सरुवा भएको हो ।

स्रोतका अनुसार प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । रिक्त रहेको प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई पठाइएको छ । त्यस्तै यसअघि महिला मन्त्रलायको सचिव रहेकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने गरि स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवमा सरुवा गरिएको छ ।

त्यस्तै यसअघि स्वास्थ्यको प्रशासन सचिव रहेका खगेन्द्र प्रसाद नेपाललाई प्रधानमन्त्री कार्यालयमा विशेष दरबन्दी सृजना गरेर राखिएको छ । प्रधानमन्त्री कार्यालयमा यसअघि यस्तै दरबन्दी सिर्जना गरेर शही विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहलाई पनि सरुवा गरिएको छ ।

स्रोतका अनुसार वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई रक्षा मन्त्रलायमा सरुवा गरिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिव रिक्त रहेको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको स्रोतले जनाएको छ । यसअघि सतर्कतामा रहेका दिनेश घिमिरेलाई उर्चा आयोजको सचिवमा सरुवा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार