Friday, March 29, 2024

२७ जिल्लाका भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरू

काठमाडौँ : राष्ट्रिय भूमि आयोगले २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले ती जिल्लाका ६८ स्थानीय तहसँग सम्झौता गरी जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको हो ।

आयोग र ती स्थानीय तहका प्रमुखबीच सम्झौतापछि अब आयोगले ती स्थानीय तहको कार्यक्षेत्रभित्र रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूबाट आवेदन संकलनको तयारी गरिरहेको छ । आयोगले ती स्थानीय तहमार्फत् भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्राप्तिका लागि आफूले आवाद गरेको जग्गाको नाप नक्सा गराउन समेत आह्वान गरेको छ ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले स्थानीय तहहरूसँग सम्झौता भइसकेकाले अब ती स्थानीय तहका वडा कार्यालयमा १८ माघदेखि ३५ दिनसम्म आवेदन संकलन र जग्गा नापजाँचको काम हुने बताए ।

उनका अनुसार यसअघिका आयोगले समेत ती स्थानीय तहमा लगत संकलन गरेका थिए । ‘हामीले ९१ वटा स्थानीय तहलाई आह्वान गरेका हौं, त्यसमध्ये ६८ स्थानीय तहसँग सम्झौता भइसकेको छ,’ उनले भने, ‘अब ती स्थानीय तहले सम्झौताबमोजिम लगत संकलन र जग्गा नापजाँचको काम गर्नेछन् ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार