Friday, March 29, 2024

एमसीसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक खुलाउन सरकारले सक्रियता देखाउन थालेको छ। संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत भदौ २३ मा बसेको नवौं अधिवेशन गत कात्तिक १२ गते अन्त्य भएको थियो।

सो समयभरी एमाले अवरुद्ध गरिरहेको थिए। दशौं अधिवेशन अर्थात् हिउँदे अधिवेशन मंसिर २८ बाट सुरु भएको छ। तर पुस महिना वितिसक्दा पनि दुई वटा मात्र बैठक बसेको छ।

सरकारले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) एमालेको संसद् अवरोधबीच पारित गर्ने तयारीमा छैन। एमसिसीमा एमालेलाई पनि सहभागी गराउने योजना सरकारको छ। जसका लागि पनि संसद् खुलाउन प्रयास भइरहेको स्रोतले बतायो। नवौं अधिवेशनमा बजेट पारित भएपछि एमसिसी पारित गर्ने तयारी भएकाले सरकारले सर्वदलीय बैठक बोलाएको थियो।

भने गत भदौ २७ मा सभामुखलाई पनि सर्वदलीय बैठक बोलाउन लगाइएको थियो। एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै आएको छ। त्यसै कारण उसले सदन निरन्तर अवरुद्ध गर्दै आएको छ।

संसद् अवरोध खुलाउनका लागि नवौं अधिवेशनमा सरकारबाट एक पटक असोज १४ गते र चालु हिउँदे अधिवेशनमा पुस ४ गते गरी दुई पटक बोलाइएको छ। सभामुखबाट गत भदौ २७ मा सर्वदलीय बैठक बोलाइएको थियो। सरकारले बोलाएका दुवै सर्वदलीय बैठकमा र सभामुखले बोलाएको एक पटकको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गरेको छ।

सरकारले फेरि एमालेलाई मनाएर सदन खुलाउन कसरत गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा गठबन्धन सम्बद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसद्लाई सुचारु गराउनका लागि पहल गर्ने निर्णय गरेको थियो। नागरिक दैनिकबाट ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार