Friday, April 26, 2024

वर्तमान सरकार अदालतसँगको व्यापारले बनेको हो : केन्द्रीय सदस्य दयाल

बैतडी, २३ पुस

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज पुरनसिंह दयालले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार अदालतको सेटिङ्गबाट निर्माण भएको बताएकाछन् ।

नेकपा एमाले बैतडीको आठौं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उनले केही दिन पहिले प्रचण्डले सार्वजनिक रूपमै उक्त अभिव्यक्ति दिएको बताएका छन् । ‘प्रचण्डले अस्ति हामीलाई सहयोग गर्ने अदालतलाई हामी पनि सहयोग गर्छौं भन्नु भयो । यसले अदालतको मिलेमतो रहेको प्रस्ट हुन्छ,’ उनले भने ।

आसन्न तीनओटै तहको चुनावमा एमालेलाई भोट दिई बहुमतका साथ सरकार निर्माणमा सहयोग गर्न उनले सबैसँग आग्रह गरे ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद लिलाधर भट्टले वर्तमान सरकार जनहित विपरीतका काम गरिरहेको आरोप लगाए । प्रदेश सरकार र केन्द्र सरकार सबै कामहरूमा फेल भैसकेको उनको भनाई थियो ।

केही समयअघि बैतडीमा भएको कांग्रेसको जिल्ला अधिवेशनलाई लक्षित गर्दै उनले भने ‘हाम्रो पार्टी रक्सीको बोतल प्रहार गरी कार्यकर्ताको टाउको फुटाएर, गाउँगाउँमा देउसी भैलो खेल्दै भोटमाग्ने अधिवेशन गर्दैन । सबै वडा र पालिकाहरूको अधिवेशन सर्वसम्मत चयन गरेका छौं ।’

कार्यक्रममा प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टी प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले पार्टी मात्रै जनभावनालाई स्थापित गर्ने राजनीतिक दल भएकाले आफ्नो पार्टीभित्र गोलबद्ध हुन सबैलाई आग्रह गरे । आसन्न निर्वाचनमा एमालेलाई बहुमत प्रदान गर्न उनको आग्रह छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार