Wednesday, April 24, 2024

प्रेम आलेको अर्काे एक्सन : पशुपति धर्मशालाबाट पनि बतास समूह धपाउन समिति गठन

काठमाडौं । नारायणहिटी दरबार परिसरभित्र चलाउन खोजिएको रेष्टुरेन्ट निर्माणको काम भत्काउन निर्देशन दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्को एक्सन चालेका छन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेर नेपाल–भारत पशुपति मैत्री धर्मशालाको सत्यतथ्य छानविन गर्न लगाइने भएको छ ।

पाँच सदस्यीय रहेको टोलीले समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ । पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गर्न लागिएको बुझ्नमा आएपछि मन्त्री आलेले त्यसको सत्य तथ्य छानबिन गर्न समिति गठन गरेका हुन् । धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालिलाई होटेल चलाउनमा भाडामा दिएको थियो । होटेल चलाउन अनुमति पाउने संस्था त्यहीँ नारायणहिटीभित्र रेष्टुरेन्ट चलाउन खोज्ने बतास अर्गनाइजेसन नै रहेको रहेको छ ।

बतास समूहमाथि पशुपति मैत्री धर्मशालालाई होटेल बनाएको र तीर्थालु एवं धार्मिक पर्यटकहरुबाट भाडाका नाममा मनपरी गरेको आरोप छ । त्यसो शुक्रबार धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘मित्र राष्ट्र भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जास्पद विषय हो ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार