Friday, April 19, 2024

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।

यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो उपप्रमुख नक्सालमा सुरुवा गरिएको छ ।

भीमप्रसाद ढकालको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा हुँदा राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार