Thursday, March 28, 2024

चर्चा कि मदन भण्डारीको छ, कि केपी ओलीकै : टोपबहादुर रायमाझी

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन् ।

‘केपी ओली लामो समय जेल बस्नुभो,’ नेता रामाझीले भने, ‘पछि जेलबाट निस्किए पनि मुल नेतृत्वमा रहनु भएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ । नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गरे । ‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरी घुमिरहेको छ ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार