Thursday, March 28, 2024

कोरोना संक्रमितको दर बढ्दै, ५०० भन्दा बढीमा संक्रमण पुष्टि

२२ पुस, काठमाण्डौ । पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना थपिएर ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएको थियो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ । संक्रमित भएका मध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार