लोकसेवा आयोगद्वारा नतिजा प्रकाशनमा ढिलाइ

163

२२ पुस, काठमाडौं । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् ।
दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै परीक्षार्थीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् ।लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन ।
प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका कारण नतिजा प्रकाशन गर्न नसकेको लोकसेवा आयोगको भनाइ छ ।