Tuesday, April 23, 2024

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाडौँ — विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए ।

केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए ।

प्रकाशित : जेष्ठ १८, २०७८ १७:२७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार