Tuesday, April 16, 2024

चीनबाट काठमाडौं आइपुग्यो अनुदानको खोप [तस्बिरहरू]

काठमाडौँ — चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप मंगलबार नेपाल आइपुगेको छ । चीनबाट पठाइएको ८ लाख डोज भेरोसेल खोप नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुगेको हो । चिनियाँ सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको उक्त खोप दूतावासले नेपाल एयरलाइन्सको विमानमा नेपाल पठाएको हो ।

प्रकाशित : जेष्ठ १८, २०७८ १६:३८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार