Friday, April 19, 2024

केन्द्रीय कमिटी बैठकअघि पेरिसडाँडामा दाहाल-नेपाल समूहका नेताहरु छलफलमा

दिउँसो १ बजे दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा, ओली समूहको बालुवाटारमा

पुस ९, २०७७

काठमाडौँ — केन्द्रीय कमिटी बैठक अगाडि नेकपाको (दाहाल–नेपाल)समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ आगामी रणनीति तयका लागि छलफलमा जुटेका हुन् । 

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दिउसो १२ बस्ने स्थायी कमिटी र १ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा र आगामी रणनीति तयका लागि छलफल भइरहेको छ

। यसअघि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि नेताहरुबीच छलफलका लागि भन्दै १ बजेका लागि बैठक सारिएको छ ।

यो समूहबाट महासचिव कसलाई बनाउने भन्नेबारे पनि छलफल भएको भुसालले बताए । महासचिवका लागि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, पर्षमान पुनलगायतको चर्चा छ ।

प्रवक्ता श्रेष्ठले भने आफूहरु छलफलमा नै रहेको र महासचिवको विषयमा कुनै सहमति नभएको बताए । स्थायी र केन्द्रीय कमिटी बैठक बबरमहलमा बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठक पनि १ बजे नै बालुवाटारमा बोलाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि एक बनेको नेकपा २ टुक्रा भइसकेको छ । यद्यपि यसले कानुनी र औपचारिक मान्यता पाउन मात्र बाँकी रहेको छ । त्यसैले पनि दुवै पक्षले बढीभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन् ।

प्रकाशित : पुस ९, २०७७ १२:०६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार