Friday, March 29, 2024

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

पुस ७, २०७७

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न भएको परिस्थिति र भावी रणनीति तय गर्नका लागि कांग्रेसले बैठक डाकेको हो ।

कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीको कदम लोकतन्त्र र संविधान विरोधी भएको भन्दै विरोध गरिसकेको छ ।

सोमबार कांग्रेस पार्टी कार्यालयमा नेकपाको दाहाल-नेपाल समूह र जसपाका नेताहरु सम्मिलित बैठकले प्रधानमन्त्रीको कदम लोकतन्त्र र संविधान विरोधी भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित : पुस ७, २०७७ १४:४९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार