Wednesday, April 24, 2024

थापा र गौतम दुवै पक्षका भेलामा अनुपस्थित

पुस ६, २०७७

काठमाडौँ — सत्तारुढ नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दुई खेमामा स्पष्ट बाँडिएको देखिन्छ । दुवै नेताले आआफ्ना पक्षका नेताहरुका फरक भेला गरेर यसको स्पष्ट चित्र प्रस्तुत गरिसकेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षको भेला गरियो । यो भेलामा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएको कुरा समाचार बन्यो । 

सोमबार नै दिउसो दाहाल-वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ बानेश्वरमा आफ्नो समूहको भेलामात्र गरेर विघटित प्रतिनिधिसभाका सदस्यहरुको हस्ताक्षर पनि संकलन गरियो । यो भेलामा उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतम भने उपस्थित भएनन् ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोधमा विज्ञप्ति निकालेका गौतम यो भेलामा उपस्थित हुने अनुमान गरिएको थियो । तर गृहमन्त्री रामबहादुर थापाजस्तै गौतम पनि यो भेलामा उपस्थित भएनन् । थापा र गौतम दुवैतर्फका भेलामा अनुपस्थित रहे । यस्तै स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझी पनि दुवै पक्षका भेलामा उपस्थित भएनन् ।

थापाले सोमबार नै आफ्नो पक्षका नेताहरुको भेला गरेका थिए । भेलामा उपस्थित सबैजसो नेताले संसद विघटन गर्ने कदमको विरोध गरेका भए पनि थापाले भने दुवै अध्यक्षसँग सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।

प्रकाशित : पुस ६, २०७७ १५:५८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार