Thursday, April 18, 2024

प्रधानमन्त्रीनिकटका सांसदहरूको भेला जारी, गृहमन्त्री थापा गएनन्

पुस ६, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेपछि छलफल सुरु भएको हो । 

प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले आफू निकट सांसदहरूसँग छलफल गरिरहेका हुन् । उक्त भेलामा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेका छन् ।

प्रधानमन्त्री निकट एक सांसदका अनुसार भेलामा अपेक्षाभन्दा बढी सांसद उपस्थित भएका छन् । भेलामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी रहेका छन् ।

गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

ओलीले पक्षले प्रतिनिधिसभा विघटन सही भएको भनिरहेका बेला त्यसको विरोधमा रहेका नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरू भने १ बजे संघीय संसद् भवन बानेश्वरमा भेला हुँदैछन् ।

प्रकाशित : पुस ६, २०७७ ११:१३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार