Friday, September 17, 2021

वैशाख २३ मा आमचुनाव प्रस्ताव गरेर शीतलनिवासबाट फर्किए प्रधानमन्त्री

पुस ५, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।

प्रकाशित : पुस ५, २०७७ १२:४३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

ताजा समाचार