Friday, March 29, 2024

संसद् विघटनको सिफारिस असंवैधानिक र अलोकतान्त्रिक : गगन थापा

‘संसद् विघटन गर्ने प्रस्तावसँगै ३ वर्षअघि जनताले नेकपालाई दिएको वैधता सकियो ‘

पुस ५, २०७७

काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा गरेको संसद् विघटनको सिफारिस असंवैधानिक र अलोकतान्त्रिक रहेको उनले बताएका छन् । 

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान भएपनि प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको नेता थापाले जनाएका छन् । प्रधानमन्त्री ओ‌लीको संसद् विघटन गर्ने प्रस्तावको संवैधानिक व्याख्या पनि हुने उनले बताएका छन् ।

यस्तै, संसद् विघटन गर्ने सिफारिससँगै ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने सकिएको उनको भनाइ छ ।

प्रकाशित : पुस ५, २०७७ १२:११

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार