Friday, March 29, 2024

प्रकृति संरक्षण कोषको सदस्य सचिवमा अधिकारी

पुस ३, २०७७

काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञका रूपमा काम गरेका अधिकारीलाई कोषका अध्यक्ष वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सदस्यसचिव नियुक्त गरेका हुन् । 

अधिकारीले कोषको सूचना तथा जनसम्पर्क अधिकृतका रुपमा पनि काम गरेका थिए । पूर्व कान्तिपुरकर्मी अधिकारीले समय साप्ताहिक, सेतोपाटीलगायतका सञ्चारमाध्यममा रहेर कार्य गरेका थिए ।

प्रकाशित : पुस ३, २०७७ १७:१८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार