Friday, March 29, 2024

प्रधानमन्त्री ओलीले बोलाए ५ बजेका लागि संवैधानिक परिषद् बैठक

पुस २, २०७७

काठमाडौँ — संवैधानिक परिषद् बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशको व्यवस्था अनुसार बस्‍न लागेको हो ।

बालुवाटारमा मंगलबार बसेको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना ।

संवैधानिक परिषद् बैठकका लागि एजेन्डासहित सदस्यहरुलाई पत्र पठाउनु पर्नेमा त्यो गरिएको छैन । ५ बजे बस्ने संवैधानिक परिषद् बैठकमा उपस्थित हुनका लागि खबर आएको प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । तर सभामुख अग्निप्रसाद सापकोटालाई भने परिषद् बैठकबारे जानकारी पुगेको छैन । सभामुखको सचिवालयले पत्र प्राप्त नभएको बताएको छ ।

यस्तै बिहीबार नै ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका थिए । उक्त कदमविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूहले विरोध गरेपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।

प्रकाशित : पुस २, २०७७ १५:२५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार