Tuesday, April 16, 2024

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि उपस्थित

पुस १, २०७७

काठमाडौँ — नेकपा स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरेर सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

फाइल तस्बिर

बैठक अगाडि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो ।

सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो ।

प्रतिक्रियारुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् । ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।

पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठकमा अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । मंसिर २१ को बैठकमा पनि ओली सहभागी भएका थिएनन् । उनले बैठकमा पेस भएको दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकको अर्थ नरहने बताउँदै आएका छन् । मंसिर २८ को स्थायी कमिटी बैठकमा भने ओली सहभागी भएका थिए ।

प्रकाशित : पुस १, २०७७ १६:०५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार