Saturday, April 20, 2024

सरकार र मिल मालिकको मिलीभगतको सिकार बने उखु किसान : पौडेल

मंसिर २९, २०७७ इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मिल मालिकबीचको मिलेमतो र लापर्बाहीका कारण उखु किसानहरुले दु:ख पाएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेता पौडेलले किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पूरा गरी जतिसक्दो चाँडो राहत दिलाउन सरकारसँग आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलीभगत र लापर्बाहीको शिकार बनेका किसानहरुप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्‍‍वान गर्दछु 

शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौं आइपुगेका छन् । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखेका छन् ।

चार/पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् । पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने उनीहरूको क्रम दोहोरिरहेको छ । जुन यसपालाको आन्दोलनपछि तोडिने उनीहरूको आशा छ।

उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।

सम्बन्धित समाचार

  • काठमाडौं आएका उखु किसान भन्छन्- ‘यसपालि नगदमै सहमति गरेर मात्रै फर्कन्छौं’

प्रकाशित : मंसिर २९, २०७७ १२:०४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार