Friday, March 29, 2024

सर्वदलीय बैठकमा सरकारको आलोचना

‘सरकारले राम्रो काम नगर्दा प्रतिक्रियावादी सलबलाउने मौका पाए’

मंसिर २३, २०७७ कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर आलोचना भएको छ । 

पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेको सहभागी एक नेताले बताए ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा मागेका थिए । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल कांग्रेस, जनता समाजवादीलगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए । त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका हुन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताए । सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस्ता प्रवृत्ति सफल हुन नसक्ने उनले बताए । संघीय संसदको बैठक तत्काल बोलाउन पनि सरकारसँग माग गरेको नेता महतले बताए ।

कोभिड–१९ नियन्त्रण र उपचारमा सरकार चुकेको, सरकार संविधानको मर्म अनुरुप नचलेको, स्थानीय तहदेखि संघीय सरकारसम्म भ्रष्टाचारमा मुछिएको लगायतका विषय कांग्रेसले बैठकमा उठाएको नेता महतले जानकारी दिए ।

समाचार

सर्वदलीय बैठकमा सरकारको आलोचना 

‘सरकारले राम्रो काम नगर्दा प्रतिक्रियावादी सलबलाउने मौका पाए’ मंसिर २३, २०७७कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर आलोचना भएको छ । 

पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेको सहभागी एक नेताले बताए ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा मागेका थिए । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल कांग्रेस, जनता समाजवादीलगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए । त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका हुन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताए । सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस्ता प्रवृत्ति सफल हुन नसक्ने उनले बताए । संघीय संसदको बैठक तत्काल बोलाउन पनि सरकारसँग माग गरेको नेता महतले बताए ।

कोभिड–१९ नियन्त्रण र उपचारमा सरकार चुकेको, सरकार संविधानको मर्म अनुरुप नचलेको, स्थानीय तहदेखि संघीय सरकारसम्म भ्रष्टाचारमा मुछिएको लगायतका विषय कांग्रेसले बैठकमा उठाएको नेता महतले जानकारी दिए ।

तर, बैठकमा प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना भनाइ नराखी बैठकको बीचमै निस्किएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले राजतन्त्रको पक्षमा भएका आन्दोलनमा नैतिक समर्थन रहेको दिपक बोहराले बताए ।

सबै दलका नेताहरुले धारणा राखिसकेपछि अन्तिममा प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दा गर्दै पनि आलोचना भएको गुनासो गरेका थिए ।

बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु थिए । त्यस्तै, प्रतिपक्षी कांग्रेसका तर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, महतलगायत नेता थिए ।

जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल र राप्रपाबाट दीपक बोहोरा सहभागी थिए।

प्रकाशित : मंसिर २३, २०७७ १५:०५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार