Tuesday, March 19, 2024

दरबारमार्ग सामूहिक बलात्कारको घटनामा जिल्लाकै फैसला सदर

काठमाडौँ — उच्च अदालत पाटनले दुई वर्षअघि राजधानीको दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाण्डौको फैसला सदर गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।

जिल्ला अदालतले मुख्य आरोपित शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय सुनाएको थियो । अनि पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला पनि गरेको हो ।

दुई आरोपितहरु दिपक श्रेष्ठ र विकास गौतमलाई १४ महिनाका दरले कैद सजाय तोकिएको थियो ।

प्रकाशित : मंसिर २२, २०७७ १९:२३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार