Tuesday, March 19, 2024

लोकसेवा आयोगको साइटबाट भ्रामक जानकारी सम्प्रेषण गरेको आरोपमा ३ पक्राउ

काठमाडौँ — लोकेसेवा आयोगको साइटबाट भ्रामक जानकारी सम्प्रेषण गरेको आरोपमा प्रहरीले काठमाडौं र कास्कीबाट ३ जनालाई पक्राउ गरेको छ ।

आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले इकान्तिपुरलाई बताए ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको ब्युरोले जनाएको छ ।

लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो । ब्युरोले उनीहरुलाई पक्राउ गर्नका लागि ‘ह्याकर्स हन्ट’ नामक अपरेशन सञ्चालन गरेको एसएसपी अर्यालले बताए ।

प्रकाशित : मंसिर २२, २०७७ १७:३०

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार