Thursday, July 29, 2021

नेता पौडेलले गरे तनहुँमा पुल उद्घाटन

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार तनहुँकाे व्यास नगरपालिकाकाे १ नम्बर र ११ नम्बर वडा जाेड्ने बुल्दी खोला मोटरेबल पुलको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सैयाैंकाे संख्यामा कांग्रेस कार्यकर्तासहित स्थानीय उपस्थित थिए । उनीहरूले नेकपाकाे विरूद्धमा नाराबाजी समेत गरेका छन् ।

बुधबार कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको थियाे । पाैडेल गिरफ्तारीको विरोधमा काठमाडाैं, दमौली, बाग्लुड, पोखरामा लगायतका ठाउँमा विरोध प्रदर्शन गरिएको थियाे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

ताजा समाचार