Thursday, April 25, 2024

जम्मु–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पीडीपी पार्टीकी अध्यक्ष महबुबा मुफ्ती १४ महिनापछि रिहा भइन्

बीबीसी। भारतको जम्मु–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पीडीपी पार्टीकी अध्यक्ष महबुबा मुफ्ती १४ महिनापछि रिहा भएकी छिन् । जम्मु–कश्मीरको प्रशासनले उनलाई रिहा गरिएको जानकारी दिएको हो । रिहा भएपछि महबुबा मुफ्तीले आफ्ना समर्थकहरुलाई सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश पनि शेयर गरेकी छिन् । उनले उक्त सन्देशमा गत वर्ष भारतले असंवैधानिक, अलोकतान्त्रिक, अवैधानिक तरिकाले जम्मु–कश्मीरको स्वतन्त्रता खोसेको आरोप लगाएकी छिन् । उनले अहिले जम्मु कश्मीरको फरक फरक स्थानमा बन्दी बनाइएका मानिसहरुलाई पनि तत्काल रिहा गर्न माग गरेकी छिन् ।

महबुबाको विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा दायर भएको थियो । यस विषयमा सर्वोच्च अदालतले कुनै आदेशमा सरकारले उनलाई कति समयका लागि बन्दी बनाउन खोजेको जवाफ दिन सरकारलाई निर्देशन दिको थियो । बिहीबार यो मामिलामा सुनुवाइ हुनुभन्दा पहिला नै सरकारले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।

महबुबाको रिहाइको विपक्षी भारतीय कांग्रेसले स्वागत गरेको छ । कांग्रेसका नेताहरुले उनलाई एक वर्षभन्दा लामो समयसम्म हिरासतमा राखिनु शक्तिको दुरुपयोग र लोकतन्त्रको उपहास भएको बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार